मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु

Newslaya Home

मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु

बिहीबार ०२, माघ २०७६

सप्तरी । सप्तरीको बलान बिहुल गाउँपालिका‍–२ पतराहास्थित मोटरसाइकलको ठक्करबाट एक जनाको ज्यान गएको छ ।

बुधबार साँझ बीआर ३२ जेट ७५९९ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा साइकलयात्री सोही गाउँपालिका–६ का ६५ वर्षीय कुसुमलाल रामको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका रामको उपचारको लागि विपि स्वास्थ्य प्रतिष्ठान धरान ल्याउने क्रममा बाटोमै मृत्यु भएको हो ।
मोटरसाइकल र चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।