तमोर हाइड्रोपावरमा काम गर्ने एक चाईनिज कामदारको मृत्यु

Newslaya Home

तमोर हाइड्रोपावरमा काम गर्ने एक चाईनिज कामदारको मृत्यु

बिहीबार ०२, माघ २०७६

ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका–१० मिक्लुङ स्थित एक चाइनिज कामदारको मृत्यु भएको छ ।

बुधबार राति मिक्लुङ स्थित निर्माणधिन सानिमा मिडिल तमोर हाइड्रोपावरमा काम गर्ने क्रममा चाईना ANSUI प्रदेशका ५१ वर्षीय चाङस्याकनको मृत्यु भएको हो ।

सिमेन्ट घोल्ने मिसिनमा च्यापिएर गम्भिर घाइते भएका उनलाई उपचारकोलागी जिल्ला अस्पताल ताप्लेजुङ ल्याउने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।