झापामा बढी पार्किङ शूल्क असुल्ने युवा पक्राउ

Newslaya Home

झापामा बढी पार्किङ शूल्क असुल्ने युवा पक्राउ

बिहीबार ०२, माघ २०७६

झापा । झापाको रमाइलो कनकाई माई मेलामा तोकिएको भन्दा बढी पार्किङ शुल्क लिएको आरोपमा एक युवालाई पक्राउ गरिएको छ ।

बुधबार माई मेलामा तोकिएको भन्दा बढी पार्किङ शुल्क उठाएर ठगी गर्ने कनकाई नगरपालिका–४ घर भएका विपिन सिटौलालाई रसिद सहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

ठेकेदार पक्षले तोकिएको ५० रुपैयाँको ठाउँमा मोटरसाइकल र स्कुटरको २ सय रुपैयाँ लिन थालेपछि भक्तजनहरूले घटनास्थलबाटै प्रहरीलाई खबर गरेका थिए ।
उक्त विषयमा जानकारी भएपछि तत्काल घटनास्थलमा प्रहरी परिचालन गरी बढी पार्किङ शुल्क लिने ठेकेदार पक्षका युवाहरुलाई नियन्त्रणमा लिई एक सय रुपैयाँ फिर्ता समेत गराएको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

बढी पार्किङ शुल्क नलिने विषयमा प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्ण कोइरालाले निर्देशन नै जारी गरेका थिए । तर सिटौलाले रमाइलो कनकाई माई मेलाको रसिदमा २ सय रुपैयाँ उल्लेख गर्दै रकम उठाएको पाइएपछि पक्राउ गरि अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।