फरार रहेका दुर्गा प्रसाईंलाई पक्राउ गर्न अदालतको अनुमति

Newslaya Home

फरार रहेका दुर्गा प्रसाईंलाई पक्राउ गर्न अदालतको अनुमति

बिहीबार ०२, माघ २०७६

काठमाडौं । बी एण्ड सी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंलाई पक्राउ गर्न जिल्ला अदालत भक्तपुरले अनुमति दिएको छ ।

प्रसाईंले चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीले २० करोड घुस मागेको आरोप लगाएपछि प्रसाईंविरुद्ध मानहानीको मुद्दा हालिएको थियो । सोही मुद्दाको आधारमा पक्राउ गर्न अदालतले प्रहरीलाई अनुमति दिए पनि प्रसाईं फरार भएका छन् ।

तत्काल प्रहरीको टोली प्रसाईंको निवास भक्तपुरस्थित पुग्दा नभेटिएको जनाइएकोे छ ।