कांग्रेस संसदीय दलको बैठक माघ ३ मा बोलाइयो

Newslaya Home

कांग्रेस संसदीय दलको बैठक माघ ३ मा बोलाइयो

बिहीबार ०२, माघ २०७६

काठमाडौं । संसदमा प्रमुख प्रतिपक्षी पार्टी नेपाली कांग्रेस संसदीय दलको बैठक माघ ३ गते बस्ने भएको छ ।

नेपाली कांग्रेस संसदीय दलको कार्यालयबाट विज्ञप्ति जारी गरि भोलि (माघ ३ गते) दलको बैठक डाकिएको हो ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीभित्र सभामुख चयनको विषयमा विवाद उत्पन्न भएपछि पटक पटक सरेको संसद बैठक भोलि सिंहदरबारमा दिनको १ः३० बजे बस्ने तय भएको छ ।
सत्तारुढ दलको आन्तरिक विवादले संसद अनिर्णयको बन्दी बनिरहेको अवस्थामा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय दलको बैठक डोकेको हो ।