खोटाङका एक पशु प्राविधिक यौन दुर्व्यवहारको आरोपमा पक्राउ

Newslaya Home

खोटाङका एक पशु प्राविधिक यौन दुर्व्यवहारको आरोपमा पक्राउ

बिहीबार ०२, माघ २०७६

खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका एक पशु प्राविधिकलाई पक्राउ गरिएको छ ।

आफ्नै कार्यकक्षमा ओजेटीमा आएकी छात्रालाई यौन दुव्र्यहार गरेको अभियोगसहित उजुरी परेपछि नगरपालिकाका पशु प्राविधिक गणेश आचार्यलाई मंगलबार बेलुका पक्राउ गरिएको हो ।

भेटेरिनरी विषयको ओजेटी गरिरहेकी छात्रालाई यौन दुर्व्यवहार गरेको भन्दै आफन्तले आचार्यविरुद्ध उजुरी दिएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक बामदेव गौतमले बताए ।

आचार्य विरुद्ध जबरजस्ती करणी प्रयास उद्योग महलअन्तर्गत मुद्दा दर्ता गरेर बिहीबार जिल्ला अदालतमा म्याद थप गरि कारबाही गर्ने तयारी गरिएको प्रहरीले जनाएको छ ।