मेगन र ह्यारीको दरबार छाड्ने अन्तिम निर्णय

Newslaya Home

मेगन र ह्यारीको दरबार छाड्ने अन्तिम निर्णय

बिहीबार ०२, माघ २०७६

एजेन्सी । बेलायती राजकुमार ह्यारी र आफ्नो दुलही मेगन मर्केल क्यानडा सर्ने अन्तिम निर्णयमा पुगेका छन् ।

पदवि त्यागेर देशै छाड्ने कुरामा राजकुमार ह्यारी सहमत नभए पनि नयाँ सन्तान जन्मनेबित्तिकै क्यानडा सर्ने अन्तिम निर्णयमा पुगेको हुन् ।

हलिउडकी एक प्रख्यात कलाकार रहेका मेगनको सौन्दर्यबाट मुग्ध भएर ह्यारीले आफ्नो दुलही बनाए पनि दरबारमा मेगनको मन नअडिएको जनाइएको छ । उता मेगनले भने आफ्नो भर्खरै जन्मिएको छोराको भविष्यका लागि यो निर्णय उचित रहने बताउँदै आएकी छन् ।

मेगनको यस निर्णयसँगै बेलायतका धेरै सर्वसाधारणले त चित्त दुखाए नै दरबारभित्रकी महारानी एलिजाबेथ द्वितियाले पनि दुःख व्यक्त गरेकी छिन् ।