मोरङमा मोटरसाईकलले ठक्कर दिँदा एक वृद्धको मृत्यु

Newslaya Home

मोरङमा मोटरसाईकलले ठक्कर दिँदा एक वृद्धको मृत्यु

बिहीबार ०२, माघ २०७६

मोरङ । मोरङको बुढीगंगा गाउँपालिका–७ डंग्राहा स्थित मोटरसाईकलको ठक्करबाट ७० वर्षीय वृद्धको ज्यान गएको छ ।

बुधबार दिउँसो उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको को १३ प ४६९३ नम्बरको मोटरसाईकलले स्थानीय ७० वर्षीय छेतधर्नु खाँ थारुलाई ठक्कर दिँदा ज्यान गएको हो ।

भित्रि सडक खण्डमा मोटरसाईकलको ठक्करबाट घाइते भएका उनको उपचारको क्रममा बिराट मेडिकल अस्पताल टंकीमा साझँ ६ बजेको समयमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्कर दिने मोटरसाईकल र मोटरसाईकल चालक मोरङको बुढीगंगा गाउँपालिका–७ डंग्राहाका २३ वर्षीय अक्ष्य कुमार चौधरीलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।