सोलुखुम्बुको एक घरमा आगलागी, ६५ लाखको क्षति

Newslaya Home

सोलुखुम्बुको एक घरमा आगलागी, ६५ लाखको क्षति

बिहीबार ०२, माघ २०७६

सोलुखुम्बु । सोलुखुम्बुको दुधकुण्ड नगरपालिका–८ केरुङ स्थित एक घरमा आगलागी भएको छ ।

बुधबार राति केरुङका मानकाजि थापा मगरको घरमा आगलागी हुँँदा ६५ लाख बराबरको क्षती भएको हो ।

मगरको ढुङ्गा माटो र ढुङ्गाकै छानो भएको २ तले घर र सो घर भित्र रहेको नगद १ लाख ५० हजार, ५ तोला सुन, अन्नपात, ३० वटा कुखुरा तथा जिन्सी समानहरु जलेर पुर्ण रुपमा नष्ट हुँदा उक्त मुल्य बराबरको क्षती भएको प्रहरीले जनाएको छ ।

घटनाबारेमा जानकारी पाउनासाथ प्रहरी चौकी केरुङबाट खटिएको प्रहरीको टोलीले स्थानीयवासीको सहयोगमा उक्त आगो नियन्त्रणमा लिएको जनाइएको छ ।