भ्रमण वर्ष २०२० को अवलोकनमा कस्तूरी माविका विद्यार्थी

Newslaya Home

भ्रमण वर्ष २०२० को अवलोकनमा कस्तूरी माविका विद्यार्थी

बिहीबार ०२, माघ २०७६

इटहरी । नेपाल भ्रमण वर्ष २०२० सफल पार्न इटहरीको कस्तूरी माध्यमिक विद्यालयले कक्षा १० का करिब ५० जना विद्यार्थीसहीत देशका विभिन्न धार्मिक तथा पर्यटकीय स्थलहरुको अवलोकन तथा भ्रमण गरेको छ ।

शैक्षिक भ्रमण समेत रहेको उक्त भ्रमणका अवसरमा २०७६ पुष २५ देखि २०७६ साल पुष २९ गतेसम्म पोखराका विभिन्न धार्मिक तथा पर्यटकीय स्थानहरु, गोरखा दरबार, मनकामना, लुम्बिनी, सौराहा, सास्वत धाम, जानकी मन्दिर लगायतका विभिन्न स्थानहरु अवलोकन तथा भ्रमण गरिएको विद्यालयका प्राचार्य दिपक काफ्लेले जानकारी दिए ।

उक्त भ्रमणमा विद्यार्थी तथा शिक्षकहरुले Visit Nepal Year- 2020, Lifetimes Experiences अङ्कित टिशर्ट लगाएर सरकारको भ्रमण वर्ष २०२० अभियानमा ऐक्यवद्धता जनाएका थिए ।

शैक्षिक भ्रमणलाई आन्तरिक पर्यटन प्रवद्र्धनसँग जोडी विद्यार्थीहरुलाई सरकारको राम्रा तथा लाभदायी योजनाहरुसँग परिचित गराउने उद्देश्य रहेको विद्यालयका सामाजिक अध्ययन विषय शिक्षक हेम विश्वकर्माले न्युजलयलाई जानकारी दिएका छन् ।

1 प्रतिकृयाहरू प्राप्त
  • Hem Bishwakarmaलेख्नुहुन्छ
  • |
  • बिहीबार ०२, माघ २०७६
Thank you for covering our news.