डोजरको ठक्करबाट एक वृद्धको मृत्यु

Newslaya Home

डोजरको ठक्करबाट एक वृद्धको मृत्यु

बिहीबार ०२, माघ २०७६

दाङ । दाङको शान्तीनगर गाउपालिका–१ हारीचार स्थित डोजरको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ ।

बुधबार राति पश्चिम दाङको पेदीखोलाबाट शान्तीनगर तर्फ आउदै गरेको रा १ क ३१५ नम्वरको डोजरले हारीचार घर भएका ६६ वर्षिय लाल बहादुर थापालाई ठक्कर दिँच्दा घटनास्थलमै ज्यान गएको हो ।

मृतकको शवलाई पोष्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखीएको छ । ठक्कर दिने डोजर र चालकलाई नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ ।