गायिका आस्था राउतले गरिन् प्रहरीलाई गाली

Newslaya Home

गायिका आस्था राउतले गरिन् प्रहरीलाई गाली

बिहीबार ०२, माघ २०७६

काठमाडौं । गायिका आस्था राउत विवादमा तानिएकी छन् । आफू सिक्कीम जाँदै गर्दा झापाको भद्रपुर विमानस्थलमा प्रहरीले दुर्व्यवहार गरेको भन्दै उनले सामाजिक सञ्जालमा भिडियो पोष्ट गर्दै प्रहरीलाई तथानाम गाली गरेकी छन् ।

उनले प्रहरीले आचरण सुधार्नुपर्ने भन्दै दबङ शैलीमा हान्न मन भिडियोमा बोलेकी छन् । उनी आफू हतारमा रहेको र प्रहरीले चेक गर्दा अपमान गरेको उनको आरोप छ ।

उनको भिडियो हाल उनको फेसबुक प्रोफाइलमा नदेखिए पनि सामाजिक स‌ंञ्जजालमा भाइरल भएको छ । उनले प्रयोग गरेका शब्द र बिचार एकदमै तल्लो स्तरको रहेको छ ।