देशभर फेरि पानी पर्ने सम्भावना

Newslaya Home

देशभर फेरि पानी पर्ने सम्भावना

बिहीबार ०२, माघ २०७६

काठमाडौं । पश्चिमी न्यून चापीय प्रणालीका कारण फेरि पनि देशभर मौसममा बदली आएको छ ।

दुईदिनअघि पश्चिमी भूभागबाट नेपाल प्रवेश गरेको प्रणालीको असर पश्चिमी भूभागमा देखिइसकेको छ भने मौसम पूर्वानुमान महाशाखाका अनुसार यसको असर दुईदिन देशैभर पर्नेछ ।

आज काठमाडौंसहित देशका विभिन्न भागमा पानी पर्ने सम्भावना रहेको मौसम्विद् प्रतिभा मानन्धरले जानकारी दिएका छन् । उनका अनुसार यसको असर भोलिसम्मै कायम रहने र पर्सिदेखि मौसममा सुधार आउनेछ ।