यस्ता छन् केरा खानुका फाइदा

Newslaya Home

यस्ता छन् केरा खानुका फाइदा

बिहीबार ०२, माघ २०७६

केरा स्वास्थ्यका लागि निकै लाभदायक फल हो । आर्युवेदमा पनि केराका फाइदाबारे निकै धेरै उल्लेख गरिएको छ । जुन धेरैलाई थाहा नहुन सक्छ ।

केरा ऊर्जाका लागि सबैभन्दा राम्रो स्रोत हो । यसमा आइरन, पोटासियम, म्याग्नेसियम पूरै मात्रामा पाइन्छ । विहान केरा खाने हो भने दिउँसोसम्म भोक पनि लाग्दैन ।

केरा खाँदा दुब्ला पातला मानिसहरुलाई मोटाउन पनि सहयोग गर्छ । खाना खाएपछि दुई वटा केरा खाने हो भने अलिक मोटाउन चाहनेहरुलाई एक महिनामा नै असर देख्न सकिन्छ । केरा खाँदा हाम्रो शरीरको हड्डी पनि बलियो हुन्छ ।

केरामा हेमोग्लोबिन बढाउने क्षमता पनि हुन्छ । जसमा रगतको कमी छ, उनीहरुले केरा खाँदा त अचम्मकै फाइदा देख्न सकिन्छ ।