ट्रम्प महाभियोगः तल्लो सदनले माथिल्लो सदनलाई पठायो राष्ट्रपतिविरुद्ध आरोपपत्र

Newslaya Home

ट्रम्प महाभियोगः तल्लो सदनले माथिल्लो सदनलाई पठायो राष्ट्रपतिविरुद्ध आरोपपत्र

बिहीबार ०२, माघ २०७६

बिबिसि । संयुक्त राज्य अमेरिकाको तल्लो सदन हाउस अफ रेप्रेजेन्टेटिभ्सले राष्ट्रपति डोनल्ड ट्रम्प विरुद्धको महाभियोगसम्बन्धी आरोपपत्रहरू माथिल्लो सदन सिनेटमा पठाउने एउटा प्रस्ताव पारित गरेको छ ।

राष्ट्रपतिविरुद्ध महाभियोगसम्बन्धी अबको प्रक्रिया सिनेटले शुरू गर्नेछ ।

राष्ट्रपति ट्रम्पविरुद्धको महाभियोगसम्बन्धी आरोपपत्रहरू सिनेटमा पठाउने प्रस्तावको पक्षमा २२८ मत खसेको थियो भने विपक्षमा १९३ मत खसेको थियो ।

हाउस अफ रेप्रेजेन्टेटिभ्सकी सभामुख न्यान्सी पेलोसीले आरोपपत्रहरूमा हस्ताक्षर गरेकी थिइन् ।