किन जाँदै छन् भारतका ३६ केन्द्रीय मन्त्री जम्मू–कश्मीर ?

Newslaya Home

किन जाँदै छन् भारतका ३६ केन्द्रीय मन्त्री जम्मू–कश्मीर ?

बिहीबार ०२, माघ २०७६

काठमाडौं । भारतको केन्द्र सरकारका ३६ मन्त्रीले यही जनवरी १८ देखि २५ सम्म जम्मू–कश्मीरको भ्रमण गर्ने भएका छन् । उनीहरुले धारा ३७० खारेज गरेपछि त्यहाँ चलाइएका योजना तथा कार्यक्रमबारे सर्वसाधारण जनताका लागि जानकारी दिनेछन् ।

विपक्षी दलहरुले सरकारी कदमविरुद्ध प्रचार गरिरहेका बेला आफ्नो पक्षको कुरा राख्न मन्त्रीहरु त्यहाँ जान लागेका हुन् । केन्द्रीय मन्त्रीहरुले कश्मीरबाट धारा ३७० हटाउनु स्थानीयकै हितमा रहेको तर्क राख्नेछन् ।

विपक्षीहरुले धारा ३७० खारेज गरेपछि कश्मीरीहरुका जमीन केन्द्र सरकारले लिने र जागिर पनि खोस्नेजस्ता अफवाह फैलाइरहेको केन्द्र सरकारको आशंका छ ।