सार्वजनिक विद्युतीय बस ल्याइँदै

Newslaya Home

सार्वजनिक विद्युतीय बस ल्याइँदै

बिहीबार ०२, माघ २०७६

काठमाडौं । निजी क्षेत्रको हिमालय मोटरक्सले कम्तिमा १५ देखि ४२ सिटसम्मका विद्युतीय बस ल्याउने भएको छ ।

पत्रकार सम्मेलन गरेर कम्पनीले तत्कालै यस्ता बसहरु ल्याउन लागेको जानकारी दिएको छ ।

प्रबन्ध निर्देशक ध्रुव थापाका अनुसार नेपाल सरकारले वातावरण मैत्री सवारीलाई प्राथमिकता दिने नीति अनुरुप नै विद्युतबाट सञ्चालन हुने सार्वजनिक– निजी–पर्यटकीय–स्कुल बस ल्याउन लागिएको हो ।

यो बसले वातावरणलाई समेत सहज गर्नेछ । यी सवारी कम्तिमा १५ सिटदेखिका माइक्रोबस र ४२ सिटसम्मका बसहरु हुने छन् साथै कार तथा जिपहरु समेत उत्पादन गर्ने ब्रिक्सन कम्पनीले जनाएको छ । बजारमा ल्याउन लागेको विद्युतीय सवारी अष्ट्रेलियन टेक्नोलोजीद्वारा निर्मित रहेको जनाउँदै पूरा चार्ज गर्न ४ देखि ८ घण्टासम्म लाग्ने जनाइएको छ ।