लेटाङमा मगर संघद्वारा आयोजित विद्यालय स्तरीय नृत्य प्रतियोगिता सम्पन्न

Newslaya Home

लेटाङमा मगर संघद्वारा आयोजित विद्यालय स्तरीय नृत्य प्रतियोगिता सम्पन्न

– भूमिका पाख्रिन
बुधबार ०१, माघ २०७६

मोरङ । नेपाल मगर संघ लेटाङ वडा नम्बर २ को आयोजनामा बुधबार लेटाङ–२ स्थित लाफा मैदानमा विद्यालय स्तरीय नृत्य प्रतियोगिता सम्पन्न भएको छ ।

मगर जातीको नयाँ वर्ष ल्होसालको अवसर पारी आयोजित प्रतियोगितामा लेटाङ, बेलबारी र केराबारीका ८ विद्यालयको सहभागीता रहेको थियो ।

लेटाङ नगर प्रमुख शङ्कर राईको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा ग्रिन भ्याली एकाडेमी लेटाङ प्रथम, जनता माबी बेलबारी दोस्रो र मोरङ पाथीभरा स्कुल लेटाङ तेस्रो भएका थिए । कार्यक्रममा छेलो हान्ने खेल, डोरितान प्रतियोगिता, म्याराथन लगायतका खेल समेत खेलाइएको थियो ।