जनचाहना साकोसको २७ औं स्थापना दिवस भब्यताका साथ सम्पन्न

Newslaya Home

जनचाहना साकोसको २७ औं स्थापना दिवस भब्यताका साथ सम्पन्न

– भूमिका पाख्रिन
बुधबार ०१, माघ २०७६

मोरङ । लेटाङ नगरपालिकास्थित जनचाहना बचत तथा ऋण सहकारी संस्थाले बुधबार आफ्नो २७ औं स्थापना दिवस भब्यताका साथ सम्पन्न गरेको छ ।

वडाध्यक्ष तेज प्रसाद तिम्सिनाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा रक्तदान समेत गरिएको हो । रक्तदान कार्यक्रममा ४२ पिन्ट रगत संकलन गरिएको संस्थाका अध्यक्ष रामचन्द्र बुढाथोकीले बताए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी वडा नम्बर २ का वडाध्यक्ष तेज प्रसाद तिम्सिनाले वडा नम्बर २ मा रहेका समान प्रकृतिका ५ वटा सहकारीहरु एकीकरणको अन्तिम चरणमा रहेको र यस वर्षको शेयर लाभांश बितरण गर्ने गरी अभियान थालिएको बताए । साथै तिम्सिनाले सहकारी मार्फत सदस्यहरुको गुणात्मक बिकास गराई राज्यले अंगिकार गरेको सुखी नेपाली समृद्ध नेपाल निर्माण गर्न वडा प्रतिबद्ध रहेको समेत बताए ।

कार्यक्रममा विविध सांस्कृतिक प्रस्तुतिहरुका साथै सडक नाटक समेत प्रस्तुत गरिएको थियो । हाल ३ हजार ३८ जना शेयरसदस्य रहेको संस्थाको कुल शेयर पुजी २० करोड ५३ लाख रहेको छ ।