फेसबुकको विज्ञापनमा कर लगाउने तयारी

Newslaya Home

फेसबुकको विज्ञापनमा कर लगाउने तयारी

बुधबार ०१, माघ २०७६

बिबिसि । नेपालबाट सामाजिक सञ्जालहरूमा गरिने विज्ञापनलाई एक महिना भित्रै ब्याङ्किङ प्रणालीबाट मात्रै गर्न पाउने व्यवस्था मिलाउन लागिएको अधिकारीहरूले बताएका छन् ।

नेपाल राष्ट्र ब्याङ्कले माघ मसान्तभित्र गरिसक्ने मौद्रिक नीतिको समीक्षा अघि नै त्यस्तो व्यवस्था मिलाउन लागेको उनीहरूले बताएका हुन् ।

यो व्यवस्थाले नेपालबाट फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबलगायतका सामाजिक सञ्जाल र इन्टरनेटमा गरिने विज्ञापनलाई नियमन गरिने बताइएको छ ।

राष्ट्र ब्याङ्कका प्रवक्ता गुणाकर भट्टले भने, ‘यो वर्षको मौद्रिक नीतिमै सामाजिक सञ्जालमा हुने विज्ञापनलाई औपचारिक माध्यममा ल्याउने नीतिगत कुरा समेटेका छौँ ।’

‘त्यसैका आधारमा राष्ट्र ब्याङ्कले एउटा निर्देशन जारी गरेर नयाँ व्यवस्था लागु गर्न लागेको हो ।’