चलचित्र ‘लक्का जवान’को शीर्ष गीत सार्वजनिक (भिडियोसहित)

Newslaya Home

चलचित्र ‘लक्का जवान’को शीर्ष गीत सार्वजनिक (भिडियोसहित)

बुधबार ०१, माघ २०७६

काठमाडौं । चलचित्र ‘लक्का जवान’को शीर्ष गीत सार्वजनिक गरिएको छ । बुधबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै गीत सार्वजनिक गरिएको हो ।

‘मन त मेरो लक्का जवान’ बोलको लोकशैलीको गीतमा बाबुल गिरी र मीना निरौलाको स्वर सुन्न सकिन्छ भने संगीत बाबुलकै रहेको छ । यस्तै गीतमा शब्द डिपी खनालको रहेको छ ।

भिडियोमा दिलिप रायमाझी, प्रियंका कार्की, किरण केसी, शिवहरि पौडेल, सलाने बस्नेत, राजाराम पौडेल लगायतका कलाकारको नृत्य देख्न सकिन्छ । यो रोमान्टिक भिडियोलाई कविराज गहतराजले कोरियोग्राफी गरेका हुन् ।

यो भिडियोलाई ५ दिन लगाएर शूटिङ गरिएको निर्माता तथा कलाकार किरण केसीले जानकारी दिए । भिडियोका लागि ६५ जना कोरस नचाइएको छ ।

किरण केसीका अनुसार चलचित्रका ८० प्रतिशत कलाकारले अभिनय गरेका छन् ।

यो चलचित्रमा शिवहरि पौडेलको कथा, स्किृप्ट, संवाद र निर्देशन रहेको छ । हाँस्य विधाको यो चलचित्रमा अन्सुय श्रेष्ठ वन्तको लगानी रहेको छ ।

साथै चलचित्रमा दिलिप रायमाझी, शिवराम पौडेल र किरण केसी सह–निर्मातामा छन् । यस्तै चलचित्रलाई पुरुषोत्तम प्रधानले खिचेका हुन् ।

यो चलचित्र चैत्र २१ गतेदेखि नेपालभर प्रदर्शनमा आउँदैछ ।