प्रहरीको गाडी दुर्घटना, एक जनाको मृत्यु ३३ घाइते

Newslaya Home

प्रहरीको गाडी दुर्घटना, एक जनाको मृत्यु ३३ घाइते

बुधबार ०१, माघ २०७६

तनहुँ । तनहुँको जुगेडी भन्ने स्थानमा प्रहरीको मिनी ट्रक दुर्घटना हुँदा एक प्रहरी जवानको मृत्यु भएको छ ।

देवघाटको सुरक्षाका लागि खटिएको प्रहरी टोली पोखरा फर्किने क्रममा दुर्घटना हुँदा प्रहरी जवान सन्दीप केसीको ज्यान गएको हो ।

३४ जना सवार मिनी ट्रक दुर्घटनामा घाइते ३३ मध्ये चार जना गम्भीर घाइते भएका छन् अन्य सामान्य रहेको प्रहरी प्रवक्ता डीआईजी शैलेश थापाले जानकारी दिए ।

दुर्घटनामा घाइते भएकाको अहिले भारतपुरस्थित पुरानो भरतपुर मेडिकल कलेज र चितवन मेडिकल कलेजमा उपचार भइरहेको बागमतीका ट्राफिक प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रकाश रानाभाटले जानकारी दिए ।

दुर्घटनाको कारण खुलेको छैन । गम्भीर घाइतेलाई उपचारको लागि काठमाडौं लैजान हेलिकप्टर तयारी अवस्थामा रहेको जनाइएको छ ।
तनहुँको देवघाटमा माघ १ गते ठूलो मेला लाग्ने गरेको छ ।