कोहलपुरका एक वडाध्यक्ष भारतमा मृत फेला

Newslaya Home

कोहलपुरका एक वडाध्यक्ष भारतमा मृत फेला

बुधबार ०१, माघ २०७६

बाँके । भारतको बहराइचस्थित एउटा होटलमा कोहलपुरका एक वडा अध्यक्ष मृत अवस्थामा फेला परेका छन् ।

सुर्खेत जान्छु भनेर हिँडेका कोहलपुर नगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष कृष्णबहादुर खड्का भारतमा मृत अवस्थामा फेला परेका हुन् ।

अध्यक्ष खड्का मृत अवस्थामा फेला परेको सूचना पाएपछि विद्यार्थी नेता तथा प्रदेश कमिटीका सदस्य नरेन्द्र न्यौपानेको नेतृत्वमा एउटा टोली अवस्था बुझ्न भारत गएको नेकपा बाँकेका अध्यक्ष आईपी खरेलले जानकारी दिए ।

सुर्खेतको मेहलकुना जान भनी मंगलबार बिहान घरबाट निस्केको र त्यसपछि सम्पर्कमा नआएको परिवारले बताएका छन् । खड्काले आत्महत्या गरेको प्रारम्भीक जानकारी नेपाली सुरक्षा अधिकारीलाई भारतीय प्रहरीले जानकारी गराएको बताइएको छ ।