साइकलमा ठोक्किएर बस पल्टिँदा १७ जना घाइते

Newslaya Home

साइकलमा ठोक्किएर बस पल्टिँदा १७ जना घाइते

बुधबार ०१, माघ २०७६

चितवन । चितवनको खैरहनी नगरपालिका १, ज्यामिरे चोकनजिकै बस दुर्घटना भएको छ ।

भण्डाराबाट नारायणगढतर्फ आउँदै गरेको बा ४ ख १३७० नम्बरको मिनी बस सोही दिशाबाट आइरहेको साइकललाई ठक्कर दिएर पल्टिादा त्यसमा सवार १७ यात्रु घाइते भएका छन् ।

उक्त दुर्घटनामा घाइतेमध्ये १० जनालाई उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुर पठाइएको र अन्य यात्रु सामान्य घाइते भएको हुँदा उपचारपछि फर्किसकेको प्रहरीले जनाएको छ ।

साइकललाई ठक्कर दिँदा अनियन्त्रित भएर बस पल्टिएपछि चालकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।