आयरल्याण्डका प्रधानमन्त्रीले गरे आमनिर्वाचनको आह्वान

Newslaya Home

आयरल्याण्डका प्रधानमन्त्रीले गरे आमनिर्वाचनको आह्वान

बुधबार ०१, माघ २०७६

एजेन्सी । आयरल्याण्डका प्रधानमन्त्री लिओ भाराद्कारले आगामी फेब्रुअरी ८ मा आमनिर्वाचनको आह्वान गरेका छन् ।

मंगलबार आमनिर्वाचन आह्वान गरिएको मितिका बारेमा मन्त्रीपरिषद्लाई पनि जानकारी गराइएको आयरल्याण्डको सरकारी सञ्चार कार्यालयद्धारा जारी वक्तव्यमा उल्लेख छ ।

प्रधानमन्त्री भाराद्कारले निर्वाचन आह्वान गर्दै निर्वाचनको मिति घोषणा गर्न र निर्वाचनका लागि तल्लो सदन विघटन गर्न राष्ट्रपति मिचेल डी हिग्गीन्ससँग पनि परामर्श गरेको वक्तव्यमा जनाइएको छ ।

दुवै जनाको परामर्शका आधारमा मंगरबार अवेर राष्ट्रपति हिग्गीन्सले संसद विघटन गर्ने घोषणामा हस्ताक्षर पनि गरेका छन् । वक्तव्यमा उनले सरकारका प्रमुख उपलब्धिहरुको सारांश पनि समावेश गर्दै थप धेरै काम गर्नका लागि आगामी निर्वाचनमार्फत् आफु फेरी प्रधानमन्त्रीमा निर्वाचन हुन चाहेको पनि उल्लेख गरेका छन् ।