कान्तिपुर टेलिभिजनका एजीएम दाहालले दिए राजीनामा

Newslaya Home

कान्तिपुर टेलिभिजनका एजीएम दाहालले दिए राजीनामा

बुधबार ०१, माघ २०७६

काठमाडौं । कान्तिपुर टेलिभिजनमा झण्डै १७ वर्ष योगदान गरेका एजीएम भूषण दाहालले राजीनामा दिएका छन् ।

माघ १ गतेदेखि लागू हुने गरी गत पुस २४ गते राजीनामा दिएका हुन् । आधा दर्जनजति समाचार विभाग प्रमुख हेरफेर भए पनि दाहालको भने पद, सुविधा र प्रतिष्ठा बढ्दैआएको थियो ।

टेलिभिजनको गहना मानिएका भूषण दाहाल कान्तिपुरका एजिएममात्र नभएर उनी नेपाली टेलिभिजनका टावर पर्सनालिटी पनि थिए । दाहाललाई अन्य टेलिभिजनबाट पटकपटक अफर आए पनि उनले कहिल्यै कान्तिपुर टेलिभिजनका प्रबन्ध निर्देशक कैलाश सिरोहियालाई छोड्न चाहेनन् ।

स्थापनाकालदेखि नै समसामयिक टक शो कार्यक्रम फायरसाइड चलाउँदैआएका भूषण दाहालको विदाइसँगै नेपाली टेलिभिजनको सबैभन्दा लामो उक्त कार्यक्रमको भविष्यबारे प्रश्न उठेको छ ।
राजिनामाबारे दाहाल स्वयंले केही नखुलाए पछि व्यवस्थापन पक्षले समेत केही जानकारी नखुलाएको जनाइएको छ ।