इटहरीको आइस टु सी यु २०२० मा बृजेश श्रेष्ठ र बियोंडको प्रस्तुति

Newslaya Home

इटहरीको आइस टु सी यु २०२० मा बृजेश श्रेष्ठ र बियोंडको प्रस्तुति

बुधबार ०१, माघ २०७६

इटहरी । सुनसरीको इटहरी–१ आपगाछीस्थित बगान फेमली रेस्टुरेन्टमा माघ १० गते एक दिने आइस टु सी यु २०२० नामक सांंस्कृतिक कार्यक्रम हुने भएको छ ।

कार्यक्रममा चार्चित गायक बृजेश श्रेष्ठ एंड बियोंडले तहल्का मचाउने भएका छन् । उनिहरूको बेजोड प्रस्तुतिले सो कार्यक्रमको माहोल तातिने अनुमान लगाइएको छ ।

बृजेश श्रेष्ठले उडी जाउ न ,रंग, सरर, ओह म्यैचा, कान्छी हे कान्छी, बिछोड, डल्ली, यो के भयो आदि चर्चित गितहरु दर्शक माझ दि सकेका छन । ओसिषी इन्टरटेनमेन्टको र पार्ल्सवेको सयुक्त आयोजनामा यहि माघ १० गते हुने यसै कम्पनीका प्रमुख बिनय तिवारीले जानकारी दिएका छन् । त्यसै गरि डी जे फलोर जी (पुस्पा) समेतको प्रस्तुति रहने छ ।

संदेश सुबेदी एंड ब्याण्डको पनि प्रस्तिती दिने त्यसै गरि अन्य कलाकारहरुको पनि बिशेष प्रस्तुति हुन लागेको आयोजकले जानकारी दिएको छ । यसै कार्यक्रम बाट भ्रमण वर्ष २०२० लार्इ पनि सफल बनाउनका लागि यो कार्यक्रमको आयोजना गरिएको यसै क्रक्रमका संयोजक सौगात नेपालले जानकारी दिए ।

त्यसै गरि कार्यक्रम बाट आएको केही मुनाफाले सामाजिक क्षेत्रमा खर्च गर्ने समेत आयोजकले बताएको छ । यस कार्यक्रममा होस्टको रुपमा पुस्पा गुरुङले गर्दै छिन भने कार्यक्रम माघ १० गते साझ ५ बजे देखि १० बजे सम्म सञ्चालन हुने आयोजकले जानकारी दिएको छ । सहयोगी हातमा कुस रेस्टुरेन्ट एंड लाउञ्च बार रहेको बताइएको छ ।