इलामका विमल घले हत्या आरोपमा दुई जना पक्राउ

Newslaya Home

इलामका विमल घले हत्या आरोपमा दुई जना पक्राउ

बुधबार ०१, माघ २०७६

इलाम । इलामको सूर्योदय नगरपालिका–७ गोगनेका २९ वर्षीय विमल घलेको हत्यामा संलग्न भएको आरोपमा दुई जनालाई पक्राउ गरिएको छ ।

गत आइतबार मृतावस्थामा फेला परेका घलेको हत्या गरेको आरोपमा प्रहरीले भारत दार्जिलिङ विजनबारी घर भएका २९ वर्षीय विजय घले र स्थानीय २८ वर्षीय समुन घलेलाई पक्राउ गरेको हो ।

पक्राउ परेका दुवै जना आइतबार राति मृतक घलेसँगै रहेर मादकपदार्थ सेवन गरी झगडा गरेको खुलेपछि ढुङ्गा प्रहार गरेर हत्या गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायब उपरीक्षक हेमन्त भण्डारी क्षेत्रीले जानकारी दिए ।

स्थानीयवासीले सोमबार बिहान नजिकैको खोल्सीमा विमललाई वरिपरि रगत चुहिएको र शरीरमा ढुङ्गा प्रहार भएजस्तो गहिरो चोटपटक लागेर मृतावस्थामा फेला पारेका थिए । शव परीक्षण गरि मंगलबार परिवारलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।