४५ लाख ठगेको आरोपमा इटहरीका एक व्यक्ति पक्राउ

Newslaya Home

४५ लाख ठगेको आरोपमा इटहरीका एक व्यक्ति पक्राउ

बुधबार ०१, माघ २०७६

काठमाडौं । काठमाडौंको बालाजुबाट ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरिएको छ ।

बिना इजाजत बैंकिङ कारोबार गरी ४५ लाख बराबरको रकम ठगी गरेको आरोपमा इटहरी ६ का वीरेन्द्र विश्वकर्मालाई पक्राउ गरिएको हो ।

विश्वकर्माले लक्ष्मी ज्वेलर्सको नाममा पासबुक बनाएर विभिन्न दस जनालाई ठगेको जाहेरी प्रहरीमा परेपछि उनलाई पक्राउ गर्न जिल्ला अदालत सुनसरीले अनुमति दिएको प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले बताए ।

पक्राउ पूर्जी लिएपछि विश्वकर्मालाई खोजी गर्ने क्रममा इलाका प्रहरी कार्यालय इटहरीको टोलीले सोमबार बालाजुबाट पक्राउ गरेको हो ।
ठगिनेहरूमा सालिकराम कट्वाल, तारा कट्वाल, कमला दाहाल, तुलसीप्रसाद घिमिरे, रमला लुइँटेल, गोपाल राई, रञ्जना निरौला, यसोदा दाहाल, सीतादेवी पोखरेल र हिरा ठाकुर रहेको प्रहरीले जनाएको छ ।