रासन अनियमितताको अभियोगमा सेनाका कर्णेल पक्राउ

Newslaya Home

रासन अनियमितताको अभियोगमा सेनाका कर्णेल पक्राउ

बुधबार ०१, माघ २०७६

काठमाडौं । रासन अनियमितताको अभियोगमा सेनाका एक कर्णेललाई पक्राउ गरिएको छ ।

महासेनानी भुपालमान अधिकारीले सैनिक आवासीय महाविद्यालयमा प्रमुख हुंदा रासन अनियमितता गरेको पुष्टि भएपछि सैनिक अदालतले हिरासतमा राखेर थप अनुसन्धान अघि बढाएको हो ।

हाल अधिकारीलाई सैनिक मुख्यालयभित्रै रहेको १५ बाहिनी अन्तर्गतको (गणेश दल) मा राखिएको सैनिक उच्च स्रोतले जनाएको छ ।
अधिकारीको विषयमा छानबिन गर्न सेनाले सहायकरथी प्रदिपजंग केसीको नेतृत्वमा ‘कोर्ट अफ इनक्वाईरी’ समेत गठन गरि घटनाको अनुसन्धान गरिरहेको जनाइएको छ ।