पेस्तोल पड्काउँदै हिँडेका दुई जना पक्राउ

Newslaya Home

पेस्तोल पड्काउँदै हिँडेका दुई जना पक्राउ

बुधबार ०१, माघ २०७६

धनुषा । धनुषाको जनकनन्दनी गाउँपालिका–५ बरनझुल्लाबाट पेस्तोलसहित दुई जना पक्राउ परेका छन् ।

पेस्तोल पड्काउँदै हिँडको भन्ने सुचनाका आधारमा २६ वर्षीय दिपेशकुमार महतो र १९ वर्षीय शुभकेश महतोलाई पक्राउ गरिएको हो ।

उनीहरुको साथबाट इलाका प्रहरी कार्यालय खजुरीबाट खटिएको प्रहरी टोलीले एक थान पेस्तोल र म्याग्जिन बरामद गरेको जनाइएको छ । महतोको घरभन्दा ५ सय मिटर पर आफ्नै आँपको बगैंचामा लुकाएको अवस्थामा पेस्तोल फेला पारिएको प्रहरीले जनाएको हो ।