मुख्यमन्त्री राईद्धारा माघीपर्व र यले संवतको शुभकामना प्रदान

Newslaya Home

मुख्यमन्त्री राईद्धारा माघीपर्व र यले संवतको शुभकामना प्रदान

बुधबार ०१, माघ २०७६

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले माघे सङ्क्रान्ति तथा माघीपर्व–२०७६ र यले संवत् ५०८० को अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

बुधबार एक शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री राईले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका हुन् ।

नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक विशेषताले भरिएको सुन्दर देश भएकाले जातीय तथा धार्मिक सांस्कृतिक विविधताले सम्पन्न हाम्रो मुलुकमा मकर सङ्क्रान्ति, माघीपर्व तथा यले संवत्लाई विभिन्न समुदायले आफ्नो मुख्य पर्व र वर्षको रुपमा हर्षोल्लासपूर्वक धुमधामले मनाउने गरिएको जारी शुभकामना सन्देशमा उल्लेख छ ।

“तरुललगायतका कन्दमुल, घ्यूचाकु तिलको लड्डु र खिचडीलगायतका परिकार खाई मनोरञ्जनपूर्वक खुशी साटासाट गरी मनाइने यस चाडले हामी नेपालीबीच बन्धुत्व एकता र सद्भाव कायम राख्न मद्दत पु¥याएको छ”, जारी सन्देशमा मुलुकमा मनाइने यस्ता चाडपर्व र संस्कृतिहरुको संरक्षण तथा संवद्र्धन गर्नु हामी सबैको दायित्व भएको उल्लेख गरिएको छ ।

मुख्यमन्त्री राईले नेपालका प्रत्येक जातजाति र धर्मावलम्बीका आ–आफ्नै सांस्कृतिक महत्व बोकेका मौलिक चाडपर्व छन् र यी पर्वले नयाँ उमङ्ग र उत्साहसाथ एक आपसमा एकता तथा भाइचारा स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्दै आएको बताएका हुन् ।