सप्तरीको तीन घरमा आगलागी

Newslaya Home

सप्तरीको तीन घरमा आगलागी

बुधबार ०१, माघ २०७६

सप्तरी । सप्तरीको तिलाठी कोलाडी गाउँपलिका स्थित तीन घरमा आगलागी भएको छ ।

बुधबार बिहान वडा नं ७ मा स्थानीय देवनारायण साहको घरबाट अचानक सल्केको आगोले एउटा घर पूर्णरूपमा जलेर नष्ट भएको हो । सोही ठाउँका छिमेकी सूर्यनारायण साह र तेजनारायण साहका पनि एक÷एक घर जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय हनुमानगरले जनाएको छ ।

आगलागीबाट तीन जनाको खाद्यान्न, लत्ताकपडा, भाडावर्तन र नगद जिन्सीलगायत करीब रु १० लाखभन्दा बढी मूल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उक्त ठाउँमा पीडितका लागि तत्काल राहत दिन चिउरा, भुजिया, भुजा तथा त्रिपाल सहयोगका लागि गाउँपालिकाले व्यवस्था गरेको गाउँपालिकाका अध्यक्ष सतिश सिंहले जानकारी दिए ।

स्थानीवासी, प्रहरी र नगरपालिकाबाट आएको बारुणयन्त्रले आगलागी नियन्त्रणमा लिएको हो । गाईगोठमा बालेको आगोबाट आगलागी भएको हुन सक्ने स्थानीयले अनुमान गरेका छन् ।