बन्द भयो विन्डोज–७ चाँडो अपग्रेड गर्न आह्वान

Newslaya Home

बन्द भयो विन्डोज–७ चाँडो अपग्रेड गर्न आह्वान

बुधबार ०१, माघ २०७६

काठमाण्डौ । विन्डोज–७ अपरेटिङ सिस्टम बन्द भएको छ। माइक्रोसफ्टले मंगलबारदेखि सिस्टम बन्द भएको जतिसक्दो चाँडो सिस्टम अपग्रेड गर्न प्रयोगकर्तालाई आह्वान गरेको छ।

नयाँ प्रविधिमा फोकस हुने भन्दै कम्पनीले विन्डोज–७ बन्द गरेको हो। विन्डोज–७ बन्द भएसँगै प्रयोगकर्ताले कुनै पनि महत्वपूर्ण सेक्युरिटी अपडेट र उपकरण सुरक्षित राख्ने अन्य सुविधाहरू पाउने छैनन्।

माइक्रोसफ्ट लामो समयदेखि विन्डोज–७ मा ह्याकरहरूको आक्रमणबाट पीडित थियो। विभिन्न भाइरसका कारण प्रयोगकर्ता समस्या परिरहेका थिए। अब विन्डोज–७ मा कुनै समस्या आए माइक्रोसफ्टले समाधान गर्ने छैन। मंगलबारबाट विन्डोज–७ बन्द भए पनि कम्प्युटर चलिनैहाल्छ। तर यसमा जोखिम धेरै हुनेछ।

माइक्रोसफ्टले विन्डोज–१० अपग्रेड गर्न भनेको छ।