नेपाललाई २२ अर्ब दिन विश्व बैंक तयार

Newslaya Home

नेपाललाई २२ अर्ब दिन विश्व बैंक तयार

बुधबार ०१, माघ २०७६

काठमाडौं । विश्व बैंकले नेपालका लागि करिब २२ अर्ब ६० करोड रुपैयाँ सहयोग गर्ने भएको छ ।

भूकम्पपछिको पुनर्निर्माण तथा आवास परियोजनाका लागि विश्व बैंकले थप २० करोड डलर अर्थात् करिब २२ अर्ब ६० करोड रुपैयाँ सहयोग गर्ने प्रस्ताव विश्व बैंकको मुख्यालयले स्वीकृत गरेको नेपालस्थित विश्व बैंक कार्यालयले जनाएको छ ।

विश्व बैंकले भूकम्पबाट प्रभावित कोही पनि नेपाली पुनर्निर्माणबाट वञ्चित हुन नपरोस् भनेर सहयोग गर्न लागेको हो । भूकम्पबाट प्रभावित ३२ जिल्लाका ८६ हजार ६ सय ८० आवास पुनर्निर्माणका लागि सहयोग रकम प्रदान गर्न लागेको बैंकले जनाएको छ ।