अष्ट्रेलियाको वायु विश्वकै सबैभन्दा खराब

Newslaya Home

अष्ट्रेलियाको वायु विश्वकै सबैभन्दा खराब

बुधबार ०१, माघ २०७६

काठमाण्डौ । अष्ट्रेलियामा लागेको आगलागी कारण त्यहाँको वायुमा नराम्रो असर पारेको छ । मेलवर्नको वायु विश्वकै खराब वायु रहेको जनाइएको छ । अधिकारीहरुले चेतावनी जारी गर्दै मानिसहरुलाई घरमा नै बस्न आग्रह गरेका छन् ।

हालसम्म भिषण डढेलोका कारण २८ जनाको ज्यान गइसकेको छ भने एक करोड हेक्टर जमिन जलेको छ । यस्तै २००० भन्दा बढी घर जलेर नष्ट भएका छन् । मौसमविद्हरुले यो साता पानी पर्ने सम्भावना रहेको बताएका छन् ।

मेलवर्नको जनसंख्या करिब ४२ लाख रहेको छ । मौसम यही अवस्थामा रहे संकटको अवस्था आउन सक्ने बताइएको छ । वायुको गुणस्तरमा जति कमी आउँछ उति नै धेरै संकट आउने उनीहरुले बताएका छन् ।

यो मौसम ६५ वर्षभन्दा माथि र १५ वर्ष मुनिका लागि खतरनाक रहेको छ । गर्भवती महिलालाई झन् खतरा रहेको बताइएको छ ।