चलचित्र ‘लभ डायरिज’ को टिजर सार्वजनीक (भिडियोसहित)

Newslaya Home

चलचित्र ‘लभ डायरिज’ को टिजर सार्वजनीक (भिडियोसहित)

बुधबार ०१, माघ २०७६

काठमाडौ‌ं । चलचित्र ‘लभ डायरिज’ को टिजर सार्वजनीक भएको छ । फागुन २ गतेबाट प्रदर्शनमा आउने पक्का भइसकेको चलचित्रको मंगलबार टिजर सार्वजनिक गरिएको हो ।

सौरभ चौधरी निर्देशित फिल्मको टिजरमा प्रेम देख्न सकिन्छ । टिजरमा सुशील श्रेष्ठ र रुविना थापालाई देख्न सकिन्छ । चलचित्रमा पनि यी दुईले शीर्ष भूमिका निभाएका छन् ।

प्रणय दिवसको अवसर पारेर रिलिज हुन लागेको चलचित्र प्रेमकथामा आधारित छ । चलचित्रलाई विनोद सापकोटाले निर्माण गरेका हुन् । यस्तै चलचित्रमा सुशील र रुविनासँगै विश्वजित रिमालको पनि शीर्ष भूमिका रहेको छ ।चलचित्रको कथा र पटकथा मधु बास्तोलाले लेखेका हुन् ।

साहिल खान सह–निर्देशक रहेको सिनेमामा संजय लामाको छायांकन, मिलन श्रेष्ठ र दिर्घ खड्काको सम्पादन छ । यस्तै चलचित्रमा अर्जुन पोखरेलको संगीत रहेको छ ।