माघको पहिलो दिन नै बढ्यो सुनको मूल्य

Newslaya Home

माघको पहिलो दिन नै बढ्यो सुनको मूल्य

बुधबार ०१, माघ २०७६

काठमाडौं । बुधबार (आज) सुन तथा चाँदीको मूल्यमा बृद्धि भएको छ । आज तोलामा ७ सयले बृद्धि भई प्रतितोला सुनको मूल्य ७४ हजार ७ सयमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदीको मूल्यमा पनि तोलामा ५ रुपैयाँले बृद्धि भएको छ । मंगलवार प्रतितोला चाँदीको मूल्य ८ सय ८० रहेको थियो । तर आज मूल्यमा बृद्धि भइ प्रतितोला चाँदीको मूल्य ८ सय ८५ रहेको पनि महासंघले जनाएको छ ।