चतरामा महिलाको शव फेला

Newslaya Home

चतरामा महिलाको शव फेला

बुधबार ०१, माघ २०७६

सुनसरी । वराहक्षेत्र नगरपालिका–१ चतराघाटको दुधपानी खोलामा टाउको छिनेको महिलाको शव फेला परेको छ ।

चतरा रामपुर सडकखण्डको देखि करिव ५ सय मिटर उत्तर जंगलमा अन्दाजी ३५–३६ वर्षीय महिलाको नचिनीने अवस्थामा शव भेटिएको हो । घाँस काट्न गएकाले सुचना दिएपछि गएको प्रहरीले शव भन्दा २१ फुट पर सडेको अवस्थामा मृतकको टाउको भटिएको ईलाका प्रहरी कार्यलय चक्रघट्टीले जनाएको छ ।

लाश संगै,तन्ना, बर्को,क्यारीङ्ग ब्याग, किचन नाइफ र छाप लगाउने स्टाम्प भेटिएको प्रहरीले जनाएको छ । लाशको मुचुल्का उठाइ पोष्टमार्टमको लागि धरान स्थित विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाईएको प्रहरीले बताएको छ ।