एकताबद्ध हुन प्रदेश प्रमुख प्यासीको आग्रह

Newslaya Home

एकताबद्ध हुन प्रदेश प्रमुख प्यासीको आग्रह

– भूमिका पाख्रिन
बुधबार ०१, माघ २०७६

विराटनगर । थारु समुदायको महान चाड माघी पर्व तथा मगर छन्त्याल लगायत अन्य समुदायहरुले मनाउने चाड माघे संक्रान्तिको अवसरमा प्रदेश १ प्रमुख सोमनाथ अधिकारी प्यासीले सम्पूर्ण नेपालीहरुमा शुभकामना ब्यक्त गरेका छन् ।

नेपाल बहुजातीय, बहुभाषिक, बहुसास्कृतिक, बहुधार्मिक विशेषताले भरिएको देश भएकाले सबै जाती, भाषा, धर्म र समुदायको सुदृढ राष्ट्रिय एकताको बलमा आर्थिक समृद्धिको दिशामा अघि बढ्नु आजको राष्ट्रिय आवश्यकता भएको शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।

त्यसैगरी सुखी नेपाली समृद्ध नेपाल र भ्रमण वर्ष २०२० का लागि अझै अघि बढी एकताबद्ध हुनु आवश्यक रहेको सन्देशमा उल्लेख छ । प्रदेश प्रमुख प्यासीले मुलुकको सार्वभौमिकता, अखण्डता र राष्ट्रिय एकताको निम्ति एकताबद्ध भएर अघि बढ्न माघी पर्व तथा माघे संक्रान्तिबाट प्रेरणा मिलोस भन्दै शुभकामना सन्देश व्यक्त गरेका हुन् ।