अस्ट्रेलियासँग भारत १० विकेटले पराजित

Newslaya Home

अस्ट्रेलियासँग भारत १० विकेटले पराजित

बुधबार ०१, माघ २०७६

मुम्बई । अस्ट्रेलियाले मुम्बईमा खेलिएको पहिलो एक दिवसीय खेलमा भारतलाई १० विकेटले पराजित गरेको छ ।े

टस हारेर पहिले ब्याटिङ गरेको भारतले अस्ट्रेलियालाई २५६ रनको लक्ष्य दिएको थियो । सो लक्ष्य डेविड वार्नर र एरोन फिन्चको जोडीले पूरा गर्‍यो ।

उनीहरुले क्रमशः १२८ र ११० रन बनाउँदै भारतलाई पराजित गरे । भारतीय भूमिमा अस्ट्रेलियाको यो लगातार चौथो जित हो ।

यसक्रममा डेविडले ८८ बलमा शतक प्रहार गरेका थिए । उनले १७ चौका र ३ छक्का जोडे भने फिन्चले १३ चौका र ६ छक्का प्रहार गरे ।

जितसँगै अस्ट्रेलियाले तीन खेलको सिरिजमा १–० अग्रता लिएको छ ।

पहिले ब्याटिङ गरेको भारतका ब्याटसम्यानहरु भने हिजोको खेलमा क्रिजमा धेरैबेर टिक्न सकेनन् । रोहित शर्मा १० रनमै पेभेलियन फर्किए भने कोहलीले १६ रन बनाए ।

शिखर धवनले सर्वाधिक ७४ रन बनाए भने केएल राहुलले ४७ रन जोडेका थिए ।

यसैगरी ऋषभ पंतले २८ तथा रवीन्द्र जडेजाले २५ रन जोडे । यसप्रकार भारतीय टोली ४९.१ ओभरमा नै अलआउट भयो ।