नेपाल प्रहरीमा प्राविधिक पदका लागि ठुलो संख्यामा जागिर खुल्यो

Newslaya Home

नेपाल प्रहरीमा प्राविधिक पदका लागि ठुलो संख्यामा जागिर खुल्यो

बुधबार ०१, माघ २०७६

काठमाडौं । नेपाल प्रहरीले ठूलो संख्यामा प्राविधिक प्रहरी जवान पदका लागि दरखास्त माग गरेको छ ।

नेपाल प्रहरीको प्रधान कार्यालय, मानवश्रोत एवं प्रशासन विभाग अन्तरगतको भर्ना छनोट महाशाखाले १ हजार ७२ जनाका लागि दरखास्त माग गरेको हो । जस अन्तरगत सञ्चार निर्देशनलाय तर्फ इन्जिनियरिङका लागि समावेशी आधारमा ६११ जनाको माग छ ।

त्यस्तै सूचना प्रविधि निर्देशनालयका लागि ४३ जनाको माग छ । त्यस्तै भौतिक पूर्वाधार निर्देशनालयका लागि ६३ जना, सवारी महाशाखाका लागि १२६ जना, केनाइल महाशाखा तर्फ ५३ जना, हातहतियार मर्मत शाखाका लागि ६ जना, नेपाल प्रहरी अस्पतालका लागि १९ जना, केन्द्रीय विधि विज्ञान प्रयोगशालाका लागि ७ जना र नेपाल प्रहरी संगीत विद्यालय तर्फ १४४ जनाको माग गरेको हो ।