पाकिस्तानमा हिमपात र वर्षाका कारण ८० जनाको मृत्यु

Newslaya Home

पाकिस्तानमा हिमपात र वर्षाका कारण ८० जनाको मृत्यु

बुधबार ०१, माघ २०७६

बिबिसि । पाकिस्तानमा अस्वभाविक वर्षा र हिमपातका कारण कम्तीमा ८० जनाको ज्यान गएको अधिकारीहरूले बताएका छन् ।

तीमध्ये ६० जनाभन्दा बढी पाकिस्तान प्रशासित कश्मीरमा मारिएका थिए ।

कश्मीरमा कैयौँ हिउँपहिरो गएका विवरणहरू आएका छन् ।

अफगानिस्तानमा गत तीन दिनमा हिमपातका कारण २४ जनाको ज्यान गएको बताइएको छ ।