क्यान्सरलाई जितेर जापानकी तनाका बनिन् विश्वकै जेठी महिला

Newslaya Home

क्यान्सरलाई जितेर जापानकी तनाका बनिन् विश्वकै जेठी महिला

मङ्गलबार २९, पुष २०७६

काठमाडौं । जापानकी केन तनाका विश्वकै जेठी महिला हुन् । उनले गत आइतबार ११७ औँ जन्मदिन मनाएकी छिन् । उनले आइतबार आफ्ना साथी र आफन्तहरुसँग जापानको फुकुओकाको एउटा नर्सिङ होममा जन्मदिन मनाएकी हुन् ।

उनी सन् १९०३ मा जन्मिएकी हुन् ।

उनले गत वर्षमा नै ११६ वर्ष ६६ दिन बाँचेपछि गिनिज बुक अफ वल्र्ड रेकर्ड्समा आफ्नो नाम लेखाएकी थिइन् ।

आठ दिदीभाइमा उनी सातौं सन्तान हुन् । १९ वर्षको उमेरमा उनको हिदेओ तनाकासँग विवाह भएको थियो । उनका चार सन्तान छन् । उनले पछि एक सन्तानलाई एडप्ट पनि गरेकी थिइन् ।

तनाकालाई कोलेरेक्टल क्यान्सर पनि भएको थियो । तर, उनले यसलाई पनि जितिन् र अहिले विश्वमै सबैभन्दा जेठी महिलाको रेकर्ड बनाइन् ।