अस्ट्रेलियाको डढेलोको धुवाँले पृथ्वी घुम्ने नासाको भनाइ

Newslaya Home

अस्ट्रेलियाको डढेलोको धुवाँले पृथ्वी घुम्ने नासाको भनाइ

मङ्गलबार २९, पुष २०७६

बिबिसि । अस्ट्रेलियाको ठूलो डढेलोको धुवाँ पृथ्वीको एक फन्को छिट्टै घुमेर अस्ट्रेलिया नै पुग्ने नासाले बताएको छ । महिनौँदेखि अस्ट्रेलियाको पूर्वी तटीय क्षेत्रमा डढेलो लागेको छ र त्यसको धुवाँ प्रशान्त महासागरतर्फ बढेको छ ।

नासाका अनुसार नयाँ वर्षको पहिलो दिनको धुवाँ अहिले उत्तर अमेरिका पार भएको र ज्यानुअरी ८ सम्म पृथ्वी आधा घुमेको नासाको भनाइ छ ।

‘त्यो धुवाँले पृथ्वीको कम्तीमा एक फन्को लगाउने अपेक्षा गरिएको छ,’ अमेरिकी अन्तरिक्ष संस्थाले बताएको छ ।

अस्ट्रेलियामा सयौँ स्थानमा डढेलो लागेको र त्यसले कम्तीमा २८ जनाको ज्यान लिनुको साथै २,००० घर ध्वस्त बनाएको छ ।

विज्ञहरूले ती डढेलोहरूका कारण जलवायु परिवर्तन तीव्र बनाएको दाबी गरेका छन् ।

धुँवाले कसरी पृथ्वी घुम्छ ?
नासाका अनुसार ती डढेलोहरू यति विशाल छन् कि तिनले अस्वाभाविक रूपमा धेरै आगोका कारण हुने आँधीबेहरी ल्याएका छन् ।

त्यसको कारण धुवाँ आकाशको धेरै नै माथि पुगेको छ। धुवाँ १७।७ किलोमिटर माथिसम्म पुगेको नासाको तथ्याङ्क छ ।

‘त्यति माथि पुगेको धुवाँ संसारभरको आकाशको अवस्थालाई प्रभावित पार्दै पृथ्वी घुम्न सक्छ,’ नासाले भनेको छ ।

नासाले त्यो उचाइको धुवाँले आकाशलाई चिस्याउने वा तताउने सम्बन्धमा अध्ययन गरिरहेको बताएको छ ।