जनकपुरमा कलेज बसको ठक्करबाट दुई युवकको मृत्यु

Newslaya Home

जनकपुरमा कलेज बसको ठक्करबाट दुई युवकको मृत्यु

मङ्गलबार २९, पुष २०७६

जनकपुर । जनकपुरस्थित एक निजी कलेजको बसले जनकपुर–ढल्केवर सडक खण्डमा मोटरसाइकललाई ठक्कर दिँदा दुई युवकको मृत्यु भएको छ ।

मोडेल कलेजको ज १ क २८३ नम्बरको बसले ज १० प ३५३५ नम्बरको मोटरसाइकललाई सपहीस्थित छ लेनको सडकमा ठक्कर दिएको थियो ।

मोटरसाइकलमा सवार धनुषाको लक्ष्मीनिया गाउँपालिका–७, पकडीयाका २५ वर्षीय सन्तोष ठाकुर र क्षिरेश्वरनाथ नगरपालिकाका २५ वर्षीय अनवर राइनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घटनापछि आक्रोशित स्थानीयले मोटरसाइकललाई ठक्कर हान्‍ने बसमा आगजनी गरेको छ । बसमा आगो लागेपछि तत्कालै प्रहरीले वारुणयन्त्र बोलाए पनि बस पूर्ण रुपमा जलेर ध्वस्त भएको छ ।

आक्रोशित स्थानीयले सडकमा लापरवाही ढंगले सवारी गुडाउने चालकविरुद्ध केही सयम चक्काजाम गरी प्रदर्शन गरेको थिए ।