प्रदेश १ मा भोलि सार्वजनिक विदा

Newslaya Home

प्रदेश १ मा भोलि सार्वजनिक विदा

मङ्गलबार २९, पुष २०७६

काठमाडौं । प्रदेश १ सरकारले माघे संक्रान्तिका दिन बुधबार सार्वजनिक विदा दिएको छ । मंगलबार बसेको प्रदेश मन्त्रिपरिषद बैठकले विदा दिने निर्णय गरेको हो ।

माघेसंक्रान्ति नेपालमा धेरै समुदायले आआफ्नो साँस्कृतिक प्रचलनअनुसार मनाउने गरेका छन् । माघेसंक्रान्तिका दिन अन्य प्रदेश सरकारहरुले पनि विदा दिएका छन् ।