चैतदेखि मोबाइल कल सस्तो हुने

Newslaya Home

चैतदेखि मोबाइल कल सस्तो हुने

मङ्गलबार २९, पुष २०७६

बिबिसि । सरकारले हालै जारी गरेको एउटा निर्देशिकाले मोबाइलबाट गरिने कलको मूल्यमा कमी आउने अधिकारीहरूले बताएका छन् ।

एउटा कम्पनीको मोबाइलबाट अर्को कम्पनीको मोबाइलमा कल गर्ने प्रयोगकर्ताहरूलाई त्यसको प्रत्यक्ष फाइदा पुग्ने विज्ञहरूको तर्क छ ।

नेपाल दूरसञ्चार प्राधिकरणले जारी गरेको ‘अन्तरआबद्धता निर्देशिका–२०७६’ चैत २० गतेदेखि लागु हुनेछ ।

प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले भने, ‘त्यसपछि एउटा कम्पनीको मोबाइलबाट अर्को कम्पनीको मोबाइलमा गरिने कलको मूल्य घट्नेछ ।’

1 प्रतिकृयाहरू प्राप्त
  • Basanta Khanalलेख्नुहुन्छ
  • |
  • सोमबार ०६, माघ २०७६
aspasta samchar