चोरीमा संलग्न तीन जना मोरङबाट पक्राउ

Newslaya Home

चोरीमा संलग्न तीन जना मोरङबाट पक्राउ

मङ्गलबार २९, पुष २०७६

बेलबारी । मोरङको दुई स्थानबाट चोरी। आरोपमा ती।न जनालाई पक्राउ गरिएको छ ।

ग्रामथान गाउपालिका–५ मा रहेको आशिष् माझिको एक मोबाइल पसल र ग्रामथान गाउपालिका वडा नं ४ को कार्यालयको सामाग्री चोरी गरेको
आरोपमा ग्रामथान गाँउपालिका–३ की सुनिता चौधरी, उनका छोरा करण चौधरी र ग्रामथान ५ का निराजन माझिलाई पक्राउ गरिएको हो ।

निहरुका साथबाट लुकाएर राखिएको अवस्थामा विभिन्न कम्पनिका ल्यापटप, ल्यापटपको चार्जर, मोवाइल, मोवाइलको चार्जर र स्पिकर प्रहरीले बरामद गरिएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।

पक्राउ परेका व्यक्तिहरुलाई म्याद थप गरि ईलाका प्रहरी कार्यालय बेलबारीको नियन्त्रणमा राखिएको प्रहरीले जनाएको छ ।