दुई हजार रुपैयाँ घुससहित प्रहरी जवान पक्राउ

Newslaya Home

दुई हजार रुपैयाँ घुससहित प्रहरी जवान पक्राउ

मङ्गलबार २९, पुष २०७६

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी प्रभाग कोटेश्वरमा कार्यरत एक प्रहरी जवानलाई घुससहित पक्राउ गरिएको छ ।

मोटरसाइकल चालकसँग दुई हजार रुपैयाँ घुस लिएको आरोपमा कार्यालय परिसरबाटै प्रहरी जवान लोग बहादुर खड्कालाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

प्रहरी जवान खड्काको दरबन्दी कारागार सुरक्षा गार्ड कैलालीमा रहेको छ ।